काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टाईनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टाईनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।
मन्त्रालयले क्वारेन्टाईनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोट रहेका छन् । यी होटेलमा १० देखि ९१ कोठा उपलब्ध छन् । उल्लेखित होटलको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समयसमयमा अद्यावधिक गरी सरोकारवालालाई सूचित गर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ ।
मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति रु. तीन हजारसम्म मात्र शूल्क लिनसक्ने गरी होटल दर कायम गरिएको छ । नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टाईन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको पनि सूचनामा उल्लेख छ । यात्रु अनिवार्य १० दिन क्वारेन्टाईन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया