३१ भाद्र २०७८, बिहीवार

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

२०७४,आश्विन,२०,शुक्रवार ०८:४४


विराटनगर, २० असोज ।राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गररेका छन ।विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफूले पार्टी परित्याग गरेको जानकारी दिए ।उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आफू सो पार्टीमा नर्फकने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिए ।पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाए ।उनले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष भट्टराईले

धनगढी । नवगठित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय

रुपन्देही । प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको

ताजा समाचार