नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

लोकपथ
42
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।

सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमले सरकार लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिवद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिए ।

नेता महतका अनुसार, सभापति देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले संगै लडेको स्मरण गर्दै त्यसको रक्षाका लागि आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा आफुहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिए । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मुल्य र मान्यताका विषय भनाईमा मात्रै नभई व्यवहारमा देखाउन भनेको नेता महतले बताए ।

‘प्रधानमन्त्रीलाई विशेष अधिवेशनमा आफुहरुले सहयोग गर्न नसक्ने कुरा हामीले स्पष्ट भनेका छौ । हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौ ।’ उनले भने, ‘तर लोकतान्त्रिक मुल्य मान्यता लाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्यो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौ ।’

भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, विरामीले उपचार नपाएको, अक्सिजनको अभाव, संकटमा विभिन्न किसिमका विचौलियाहरुको चलखेल लगायत कुराहरुलाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?