कोरोना संक्रमणका बेला कस्ता खानेकुरा खाने ? पोषणविद् थापासँगको कुराकानी (भिडियोसहित)

काठमाडौं । हामी अहिले कोरोना संक्रमणको दोश्रो लहरसंग जुधिरहेका छौँ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको विज्ञहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको कारण देशभरीका अस्पतालहरुमा विरामीको चाप बढीरहेको छ ।

अस्पतालमा स्थान अभावका कारण धेरै संक्रमित बिरामी घरमा एकान्तवासमा छन् । घरमा भएका बिरामीले स्वास्थ्य सर्तकताको साथै खानपान र व्यवहारमा पनि सचेतता अपनाउनुपर्ने पोषणविद्हरुले बताउँदै आएका छन् ।

यसै विषयमा वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीसँग संक्रमित बिरामीमा पोषणको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा कुराकानी गरिएको छ ।

वरिष्ठ पोषणविद् ठकुराठीले कोरोना संक्रमित भई घरमा एकान्तवासमा बसेकाहरुले प्रोटिन, भिटामिन सि र जिंन्क पाईने खानेकुरामा जोड दिन आवश्यक रहेको बताए । अहिले बच्चाहरु, किशोर किशोरीहरु बढी संक्रमित देखिएको र यी उमेर समुहको खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा धेरै ध्यान दिन आवश्यक रहेको उनले बताए ।

यस्तै बढी उमेर समुहका संक्रमित विरामीको पनि खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा पोषणयुक्त खानाको छनौट, बनाउने तरिका र प्रयोग समेतमा ध्यान दिनुपर्ने वरिष्ठ पोषणविद् प्रा. डा. ठकुराठीले बताइन् । घरमा एकान्तवासमा बसेकाहरुले खानेकुराको पोषणमा ध्यान दिन सके, मिलाएर खान सके अहिले देखिएको कोरोना संक्रमणबाट छिटै निको हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?