काठमाडौं । सिरहामा १२ किलो अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।
धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजासहित ३ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् ।
स१० प २७३ र स२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया