काठमाडौं । धनुषामा प्लाष्टिकको बोराभित्र शव फेला परेको छ ।
जनकपुर उपमहागरपालिका-२३ स्थित आँपको बगैंचामा रहेको प्लाष्टिकको बोराभित्र नगराईन नगरपालिका-६ लग्मा बस्ने ४५ वर्षीय ऐलुन राईनको मंगलवार शव फेला परेको हो ।
उक्त बगैंचामा सेतो बोरा शंकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले बोराभित्र शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया