नेपालमा थप १ हजार ९ सय ९३ जना कोरोना मुक्त, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
210
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर एकैदिन कोरोना संक्रमणको कारण ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो हासम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २० हजार ७ सय ५६ र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गरिएको थियो । जसबाट पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै हालसम्म देशभर ६६ हजार ३ सय ५२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी मन्त्रलायका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?