आन्तरिक पर्यटक मनाङ भित्रिए

मनाङ, २० असोज ।हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो ।दशैँ बिदाको अवसर पारेर मनाङ घुम्न आउने नेपाली पर्यटक दिनहुँ १०० देखि २०० जनासम्म मनाङ भित्रिने गरेका छन् । गतवर्ष आठ हजार आन्तरिक पर्यटकले भ्रमण गरेकामा यसवर्षको १५ दिनमा करिव सात हजार आन्तरिक पर्यटकले भ्रमाण गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवले बताए ।लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ आउने पर्यटकले रु ४० हजारमा गाडी रिर्जभ गरेर पनि आफ्नो परिवारसँग मनाङ घुम्न आएको पाइएको छ ।साथी साथी मिलेर वा आफन्तसँग यहाँका प्राकृतिक सौन्दर्य, आग्ला अग्ला हिमशृंखला, हिमताल झरना र विशेष गरेर विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न पनि आन्तरिक पर्यटकको ओहिरो लागेको हो ।पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा अग्रिम बुकिङ गरेर आउनुपर्ने अवस्था आएको छ । उता तिलिचो बेस क्याममा जम्मा तीनवटा मात्र होटल भएकाले त्यहाँ जाने पर्यटकलाई बस्ने समस्या परेको छ ।अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकसँगसँगै आन्तरिक पर्यटकको चासो बढ्न थलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?