आजको मौसम : भारी वर्षाको सम्भावना

लोकपथ
350
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

त्यस्तै आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?