लुम्बिनी प्रदेश सरकारमा ३ मन्त्री थपिए

लोकपथ
221
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले थप ३ जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी चेतनारायण अर्याललाई, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भोजप्रसाद श्रेष्ठलाई र शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी धर्मलाल श्रीवास्तवलाई दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ बुधवार हुने जनाइएको छ । नयाँ मन्त्रीपरिषद् बिस्तारसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् १० सदस्यीय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?