प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट असफल बनाउने यस्ता छन् कांग्रेसका योजना

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको छ ।

मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलिले लिन लागेको विश्वासको मतलाई असफल बनाउन पार्टीले पहल गर्ने, अन्य दलहरुसँग पनि कुरा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बताए ।

बैठकले प्रधानमन्त्री ओलीले संवैधानिक मुल्य र मान्यतालाई एक पछि अर्को गरेर भत्काउने काम गरेकोमा भत्सर्ना समेत गरेको उनको भनाई छ । उनले भने– ‘विश्वासको मतलाई असफल बनाउन नेपाली कांग्रेस पार्टीले पहल गर्ने, अन्य दलहरु सँग पनि कुरा गर्ने र जसरी चाहीँ ओलीजीको नेतृत्वमा सरकार छ । चौतर्फी रुपमा संवैधानिक मूल्य र मान्यताहरुलाई एकपछि अर्को गरेर भत्काउने काम भईरहेको छ । प्रदेशहरुमा पनि नांगो किसिमबाट अल्पमतमा पुगेपछि जर्बजस्ती मुख्यमन्त्री राखिराख्ने केन्द्रकै निर्देशनमा जनुखाले क्रियाकलाप असंवैधानिक क्रियाकलाप प्रधानमन्त्रीबाट भइराखेको छ । त्यसको समिक्षा गर्‍यौँ । भत्र्सना गरेका छौँ ।’

बैठकले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक आयोग लगायतका विषयहरुलाई पुनः अध्यादेशमार्फत अगाडी बढाउने काम गरको भन्दै त्यसको पनि भत्र्सना गरेको नेता महतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?