जोसे माउरिन्हो ए.एस. रोमाको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं।  जोसे माउरिन्होले इटालियन क्लब ए.एस. रोमाका मुख्य प्रशिक्षक बन्ने निर्णय गरेका छन्। उनले सिरी-ए टोली रोमाको कार्यकाल २०२१-२२ सिजनको शुरुवातबाट सम्हाल्नेछन्।

क्लबले वर्तमान प्रशिक्षक पाउलो फोन्सेकासँगको यात्रा अन्त्य गर्ने निर्णय गरेकै दिन माउरिन्होलाई प्रशिक्षक बनाउने समाचार सार्वजनिक गरेको हो।

माउरिन्हो गत महिना मात्र टोटनह्यामको मुख प्रशिक्षक पदबाट बर्खास्त भएका थिए। उनको स्पर्समा १७ महिने कार्यकाल निराशाजनक नै थियो।

उनले ‘राईट कल्चर’ को क्लब नपाएसम्म प्रशिक्षणको लागि पर्खने कुरा गत साता मात्र सार्वजनिक गरेका थिए।

माउरिन्होको रोमासँगको आवद्धता धेरै फुटबल प्रेमीका लागि अप्रत्याशित हुन सक्छ। तर उनले सिरी-ए मा पहिले पनि प्रशिक्षण गरिसकेका छन्।

माउरिन्होले सिरी-ए क्लब इन्टर मिलानलाई सन् २०१० मा ट्रेबल जिताएका थिए। इन्टरले माउरिन्होको प्रशिक्षणमा सिरी-ए, च्याम्पियन्स लिग र इटालियन कप को उपाधि एउटै सिजनमा जितेको थियो।

माउरिन्होको ए.एस. रोमासँगको कार्यकाल निकै चाखलाग्दो हुनेछ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?