राष्ट्रपतिलाई ओलीको राजनीतिक मतियार नबन्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विश्वासको मत लिने घोषणा गरेर संसद छल्दै अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले संसद छल्दै अध्यादेश ल्याउनु संविधानविपरित र अराजनीतिक रहेको बताए ।

त्यस्तै सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले बिना रोकतोक पास गरेको प्रति आपत्ति जनाउँदै सांसद थापाले प्रधानमन्त्रीको गलत राजनीतिक चरित्रको मतियार राष्ट्रपति भएको भन्दै आपत्ति जनाए ।

उनले भनेका छन्वि- ‘श्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?