२०७८,बैशाख,२९,बुधबार

कोरोनाबाट काभ्रेमा सात जनाको मृत्यु


काठमाडौं । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् ।

मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ ।

पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार १९:०८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग

काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको कारण

काठमाडौं । पर्सामा हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका छन् । अवैध वित्तीय

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५