काठमाडौं छाड्नेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

RSS
455
Shares

काठमाडौं । उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधवारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टाइनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्ने भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?