२०७८,बैशाख,२९,बुधबार

विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परे लगत्तै छुटे


काठमाडौं । विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि फरार रहेका विर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की सोमवार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन् ।

दुई वर्षअघि गैह्रनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमवार चन्द्रगढीबाट पक्राउ गरिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

प्रहरीले आरोपी कार्कीलाई पक्राउ परेलगत्तै झापा जिल्ला अदालतमा बुझाएको थियो । अदालतले सोमबार रु नौ लाख धरौटी मागेको थियो । कार्की धरौटीबापतको रकम बुझाएर सोमवार नै तारेखमा छुटेका छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार १८:४९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको कारण

काठमाडौं । पर्सामा हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका छन् । अवैध वित्तीय

धनगढी । अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् ।

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ