कांग्रेसको आक्रोश : अध्यादेशबाट देश चलाउन खोज्ने सरकारको कार्यशैली आपत्तिजनक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मंगलवार एकैपटक सरकारले ७ वटा अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ ।

संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ भइरहेको अवस्थामा अध्यादेश मार्फत शासन चलाउन खोजेको कांग्रेसले आरोप लगाएको छ ।
एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयको घोर भर्सनता गरेको बताए ।

“संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्सर्ना गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?