कोरोना संक्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न, भन्छन्- ‘सेवा गर्न पाउँदा खुशी लागेको छ’

RSS
156
Shares

काठमाडौं । धादिङ जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् ।

धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे गर्ने काम गरिरहेका छन् । उनले भने, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”

उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेका छन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?