उद्योग परिसंघले भन्यो- ‘परिस्थिति सहज भएपछि मात्रै कर बुझाउँछौ’

काठमाडौं । उद्योग परिसंघले पनि अहिलेको परिस्थितिमा कर तिर्न संभव नभएकाले सरकारसँग थप समय माग गरेको छ ।

परिसंघले निषेधाज्ञाको समयमा कर दाखिला गर्ने र विवरण बुझाउने समय चाहिने माग गरेको हो । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भन्दै त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग माग गरेको छ ।

परिसंघले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानुनमा  हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हालको व्यवस्था एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहुन्जेलसम्मका लागि सहज रुपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनु पर्ने माग गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको अध्यक्षतामा सोमवार बसेको परिसंघ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?