तत्काल कर नतिर्ने चेम्बरको अडान, समय थप गर्न माग

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसायका कागजातहरु कार्यालयमा रहेकाले तत्काल कर तिर्न नसक्ने
नेपाल चेम्बर्स अफ कमर्सले जनाएको छ ।

सरकारले गरेको निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द अवस्थमा रहेका छन् ।

साथै,व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्थामा नभएको र सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको चेम्बरले जनाएको छ ।

साथै चेम्बरले कर दाखिलाका लागि आवश्यक म्याद थपिदिन समेत सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?