२०७८,बैशाख,२९,बुधबार

भारतमा कोरोना संक्रमतिको संख्या २ करोड नाघ्यो, २ लाख २२ हजार बढीको मृत्यु


काठमाडौं । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मङ्गलवारर दिउँसोसम्ममा सक्रिय संक्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शैया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् ।

खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार १७:०७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

काठमाडौं । काठमाडौंमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य