झिनो अंकले बढ्यो शेयर बजार

काठमाडौं । मंलवार शेयर बजारमा झिनो सुधार देखिएको छ ।

आज शेयर बजार १.९४ अंकले वृद्धि भई २६५४.६९ विन्दुमा पुगेर कारोबार रोकिएको छ । मंगलवार ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रुपैँयाको कारोबार भएको छ भने १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयरको किनबेच भएको छ ।

आज ट्रेडिङ,हाइड्रो पावर,उत्पादनमूलक कम्पनी,लघुवित्त वित्तीय संस्था,म्यसचुअल फण्ड र लगानी उपसमूहको कारोबार बढेको छ भने जीवन बीमा,अन्य,निर्जीवन बीमा,वित्त कम्पनी,विकास बैंक,होटल तथा पर्यटन क्षेत्र र बैंकिङ उपसमूहको कारोबार घटेको छ । मंगलवार २१३ कम्पनीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?