कोरोनाको नयाँ रेकर्ड : ५५ जनाको मृत्यु, थपिए ७६ सय ६० संक्रमित

काठमाडौं । नेपालमा पछिल्ला केहि दिनमा कोरोना संक्रमितको संख्या ७ हजार माथि थपिन थालेका छन् ।

यसैक्रममा पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । भने हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ ।

यसअघि सोमवार नेपालमा हालसम्मकै उच्च संक्रमित थपिएका थिए । सोमवार ७४ सय ४८ कोरोना संक्रमित थपिएको र ३७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?