कोरोना कहर : इन्डियन प्रिमियर लिग स्थगित

काठमाडौं।  कोरोना भाइरसले दिनहुँ आक्रान्त मच्चाइरहेको बेला भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग को १४औं संस्करण अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

सुरक्षित वातावरण (बायो बबल) भित्र पनि केही टोलीका सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बीसीसीआईले सो निर्णय लिएको हो।

आईपीएलका अध्यक्ष बृजेश पटेलका अनुसार, प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको र भविष्यमा परिस्थिति र समय मिलाएर प्रतियोगिता पुनः सञ्चालन गर्ने कुरा जानकारी दिए।

मंगलवार सन्राईजर्स हैदराबादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान् साहलाई कोरोना संक्रमण पुष्टि भएपछि बृजेश पटेलले सो निर्णय लिएका हुन्।

साह भन्दा पहिले चेन्नई सुपर किंग्सका बलिङ कोच लक्ष्मीपथि बालाजी र कोलकाता नाईट राइडर्सका बलरद्वय सन्दिप वारियर र वरुण चक्रवर्तीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आईपीएलमा फाइनल सहित कुल ३१ खेल खेलिन बाँकी थिए।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?