सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ४ सय रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले कमि आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेकोमा आज १३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?