२०७८,बैशाख,२९,बुधबार

मंगलवार बजारमा कति फलफूल र तरकारीको मूल्य ? (सूचीसहित)


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवार (आज) को लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार प्रतिकेजी हरियो अंगुरको मूल्य २२५ रुपैयाँ रहेको छ ।

त्यसैगरी रातो आलुको प्रतिकेजी मूल्य ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउलीको प्रतिकेजी ३० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

त्यस्तैगरी हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, घिरौला २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा बजारमा हुने कालोबजारी तथा कृतिम अभाव रोक्नका लागि सरकारले बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।

मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार १०:०४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ । बुधवार शेयर बजार परिसूचक नेप्से ०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा कायम भएको छ

काठमाडौं । मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा शेयर बजारमा हरियाली देखिएको छ । मंगलवार शेयरबजार परिसूचक नेप्से २७ दशमलव