जंगली जनावरको शिकार गर्ने एक पक्राउ, हातहतियार बरामद

लोकपथ
104
Shares

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडा नं. १ पावैस्थित सामुदायिक वनमा शिकार गर्ने क्रममा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

शनिबार वनमा बन्दुक पड्केको आवाज आएपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले घटनामा संलग्न व्यक्तिहरू भाग्दै गरेको अवस्थामा सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडा नं. १ बस्ने ३४ वर्षिय दिल बहादुर भन्ने गंगा बहादुर गिरीलाई तत्काल पक्राउ गरेको हो ।

घटनास्थलबाट भरुवा बन्दुक ३ थान, उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद करिब ८०० ग्राम, फलामको टुक्रा १ के.जी., टर्चलाइटमा प्रयोग हुने ब्याट्री ७ थान, लाइटर १ थान, सलाई ७ वटा, व्लेट ५ वटा, केप थान १, मोवाईल फोन ४ थान र बिजुलीको तार १० मिटर वरामद गरेको छ । घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरी चौकी वाकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?