२०७८,बैशाख,२९,बुधबार

कर तिर्न सरकारले गरेको ताकेताप्रति अटोमोवाइल व्यवसायीहरुको आपत्ति


काठमाडौं । नाडा एशोसियसन लगायत  सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले सरकारले कर तिर्नका लागि गरेको ताकेताप्रति आपत्ति जनाएका छन् ।

कोरोना महामारीको कारण कर बुझाउन जान नसक्ने अवस्था रहेको भन्दै निषेधाज्ञा खुलेको एक हप्ताको समय दिइ कर बुझाउने वातावरण बनाउन आग्रह गरेका छन् ।

आज सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले भिडियो कन्फेरेन्समार्फत त्यस्तो आग्रह गरेका हुन् ।

नाडाले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ- ‘हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको शुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछु ।’

त्यसैगरी नेपालका सम्पुर्ण अटोमोवाइल व्यवसायीहरुले आफना अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरुमै बुझाइ महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२०,सोमवार २१:०९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ । बुधवार शेयर बजार परिसूचक नेप्से ०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा कायम भएको छ

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५