प्रियंकाको बेबी बम्प: बधाईको सट्टा गाली ! (भिडियो रिपोर्टसहित)

काठमाडौं- नेपालकी चर्चित अभिनेत्री हुन्, प्रियंका कार्की । धेरैको मन मुटुमा बस्न सफल यी अभिनेत्री बेलाबखत विभिन्न कारणले चर्चामा आइरहन्छिन्। उनी फेरि एकपटक सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी छिन्।

अभिनेत्री प्रियंका अहिले गर्भवती छिन् । प्रियंकाको सोसल मिडिया अहिले बेबी बम्पले भरिएको छ । झण्डै एक महिनादेखि उनले लगातार आफ्नो बेबी बम्पलाई फोकस गरी तस्वीरहरु सेयर गरिरहेकी छिन्।

उनले आइतवार इष्टाग्राममा आफ्नो बेबी बम्पको एउटा तस्वीर सेयर गरेकी थिइन् । जुन अहिले सोसल मिडियाहरुमा निकै भाइरल बनिरहेको छ ।

तस्वीरमा उनले जुस पिईरहेकी छिन् । पेटमा बच्चाको ‘आर्ट’ गरेकी छिन् । बच्चालाई पनि उस्तै जुस खुवाइरहेकी छिन् । अनि उनको यो तस्वीरमा कमेन्ट गर्नेहरु लेखिरहेका छन्, ‘प्रियंकाजी बच्चालाई जुस होइन दुध खुवाउने हो ।’ कोही लेखिरहेका छन्, ‘प्रियंकाको नाटक र नौटंकी’ ।

नेपाली अभिनेत्रीहरुमा पनि बेबी बम्प सार्वजनिक गर्ने लहर चलेको छ । यसअघि गरिमा पन्त, रक्षा श्रेष्ठ, ऋचा शर्मा, निशा अधिकारी, सञ्चिता लुईंटेल, सिर्जना सुब्बा, युना उप्रेती, ऋचा घिमिरे, जेनिशा मोक्तान, क्षितिजा शाक्य, विनिता बराल, झरना बज्रचार्य, माल्भिका सुब्बालगायतले पनि बेबी बम्प सार्वजनिक गरेकी थिइन्।

गर्भवती अवस्था र प्रशव ब्यथा । एउटी महिलाका लागि यो सवैभन्दा पीडादायी समय हो । यो अवस्था पीडादायी मात्रै होइन निकै जोखिमपूणर् पनि मानिन्छ । त्यसैले त यस्तो वेलामा परिवारको माया, हौसला र साथ सहयोगको निकै ठूलो महत्व हुन्छ । श्रीमानको न्यानो माया र परिवारको साथ सहयोगले नै हरेक आमा, दिदीबहिनीहरुलाई यस्तो पीडासँग लड्ने हौसला प्राप्त हुन्छ ।

एउटी महिलाका लागि जीवनकै सवैभन्दा गर्विलो पल पनि हो, गर्भवती अवस्था । त्यसैले त सन्तान प्राप्तीको आनन्द र सन्तानप्रतिको मायाले यस्ता अनेकन पीडाहरु पनि हाँसीहाँसी भुल्छिन् महिला । त्यसैले भनिन्छ नि महिला धर्ती हुन् जसले आफ्नो परिवारका लागि जस्तोसुकै पीडाको भारी बोक्न पनि तम्तयार हुन्छिन् ।

हरेक विवाहित महिलाका लागि आमा बन्नु रहर, वाध्यता र सपना हो । जसको रहर, वाध्यता र सपनाले नै एउटा सुन्दर परिवारको सिर्जना हुन्छ । त्यसकारण गर्भवती हुँदा महिलामा उत्पन्न हुने गर्वको मापण गर्न सायदै सम्भव होला । तर, नेपालको सामाजिक सोच अझै पनि संकुचित नै छ । त्यसैले अझैपनि अधिकांश महिलाहरु सकेसम्म आप्mनो पेटमा हुर्किंदै गरेको बच्चालाई सलले छोपेरै लुकाउन चाहन्छिन् ।

तर, पहिलो समय पश्चिमेली संस्कृतिको प्रभावले नेपालीहरुमा पनि पुटट् परेको पेट सार्वजनिक गर्ने लहर चलेको छ । जसलाई बेबीबम्प भनिन्छ । बेबी बम्प सार्वजनिक गर्नु पनि महिलाका लागि गर्वकै कुरा हो । हुन त नेपाली समाजले यसलाई अझै स्वीकार्न सकेको छैन । तर पनि रंगिन दुनियाँमा रमाईरहेका आधुनिक पुस्ताले भने यसलाई सामान्य रुपमा लिन थालेका छन्।

नक्कल गर्नु नराम्रो होइन तर ढंग पुर्याएर गरिएको नक्कल मात्रै पाच्य हुन्छ । अर्थात अक्कलबिनाका नक्कलले आफैंलाई अफ्ठेरोमा पार्छ । हामी पूर्विय संस्कृतिलाई आँखा चिम्लेर नकार्छौ र पश्चिमेली संस्कृतिलाई आँखा चिम्लिेर स्वीकार्छौं । साउनमा आँखा फुटेको गोरुले मरुभूमिलाई पनि हरियो देख्छ । त्यसकारण कुनै कुरालाई आँखा चिम्लेर स्वीकार्नु र त्याग्नु गलत हो ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीबीच २०७६ को फागुन १६ गते विवाह भएको थियो । प्रियंकाले गत चैत २० गते पहिलो पटक बेबी बम्प सार्वजनिक गरेकी थिइन् । श्रीमान् आयुष्मान सहितको तस्वीर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी थिइन्।

उनले पहिलोपटक बेबीबम्प सार्वजनिक गर्दा शुभकामना र बधाइको निकै ओइरो लागेको थियो । तर पछिल्लो समय उनले सेयर गरेको तस्वीरहरुरमा बधाइ र शुभकामना मात्रै होइन अश्लिल गालीगलौचहरु समेत प्रशस्तै भेटिन्छन् । आखिर किन ? यो सोचनीय विषय हो ।

सेलिब्रिटी समाजका मार्गदर्शक पनि हुन् । उनीहरुको जीवनशैलीबाट समाजले धेरै कुरा सिकिरहेको हुन्छ । जब अगुवाले नै गलत बाटो देखाउँछ भने समाज कतातिर जाला ? सेलिब्रिटीको ब्यक्तिगत जीवन पनि समाजका लागि एउटा खुल्ला विश्वविद्यालय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?