काठमाडौंमा मात्रै थपिए २ हजार ९ सय २२ जना कोरोना संक्रमित

लोकपथ
133
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २९ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै २ हजार ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ३३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी २ हजार २१ जना कोरोना संक्रमणमुक्त हुँदा कोरोना मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

यसअघि आइतवार नेपालमा हालसम्मकै उच्च संक्रमित थपिएका थिए । आइतवार नेपालमा एकैदिन ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका थिए भने २७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?