कोरोनाका कारण चितवनमा दुई जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । चितवन जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना संक्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?