शेयर बजारमा १२ अंकको गिरावट

लोकपथ
169
Shares

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा १२.३५ अंकको गिरावट आएको छ । आज १ करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता शेयरको किनबेच भएको छ भने ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैँया बराबरको कारोबार भएको छ ।

No description available.

आज लघुवित्त र लगानी बाहेकका सबै उपसमूहरुको कारोबारमा गिरावट आएको छ । आज सबैभन्दा बढी विकास बैंक उपसमूहको कारोबार १.१८ प्रतिशतले घटेको छ ।

सोमवा ५ कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से) का अनुसार नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, ङादी गु्रप पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी कम्पनी र रु रु जलविद्युत परियोजनाको मूल्य उच्चदरले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?