लकडाउनमा फोटोसुट

काठमाडौं- निषेधाज्ञाका कारण अहिले सहर बजार सुनसान छ ।  सहरका पुराना क्षेत्रहरूमा भने छिटफुट रूपमा मानिसहरूको चहलपहल देखिन्छ ।
वसन्तपुरमा लकडाउनकै समयमा छिटफुट रूपमा पर्यटकहरूको चहलपहल देखिने गर्छ । लकडाउनका कारण नेपालमै रहेका पर्यटकहरूका लागि समय बिताउन विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर भरपर्दो गन्तव्य बन्दै गएको छ ।
चीनबाट नेपाल आएकी एक सुन्दरीले लकडाउनको सदुपयोग गर्दै वसन्तपुर दरबार क्षेत्रमा गरेको मोबाइल फोटोसुटले स्थानीय व्यक्तिहरूलाई मोहित नै बनाएको थियो । चिनियाँ युवतीले वसन्तपुरमा गरेको मोबाइल फोटासुटका केही तस्बिरहरू फोटो पत्रकार महेश प्रधानले आफ्नो क्यामेरामा कैद गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?