पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समस्या, बागमती किनारमा शव जलाउन शुरू

लोकपथ
350
Shares

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।

पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमामात्रै शव जलाउँदा समय लाग्ने भएपछि बागमती नदी किनारमा शव जलाउन शुरू गरिएको हो।

‘दिनमै २० देखि ३० वटा शव व्यवस्थापन गर्नुपर्ने अवस्था छ । विद्युतीय शव दाह गृहको मात्रै भर पर्र सम्भव छैन । त्यसैले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर बाहिर पनि जलाउन थालिएको हो’ सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लव पौडेलले भने ।

एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लग्ने भएकाले विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा नै शव जलाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?