टेकसिँह धामी-धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आईसोलेसन बनाएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाको भवनलाई नगरपालिकाले आईसोलेसन बनाएको हो ।
नगरमा कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि नगरप्रमुख हरिसिँह साउँदको निर्देशनमा रेडक्रसको भवनलाई आईसोलेसन बनाएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उनले हालसम्म आईसोलेसनको व्यवस्थापन नभएका कारण अत्तरियामा रहेको पद्मा अस्पताल र मालाखेती अस्पतालमा कोरोना संक्रमितहरुलाई राख्दै आएको बताए । अहिले उक्त भवनमा सामग्री व्यवस्थापनको काम भइरहेको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाका संयोजक डाक्टर नरबहादुर मौनीले नगरमा कोरोनाको संक्रमण बढ्दै गएपछि भवन सहयोग गरेको बताए । यसैबिच नगरपालिकाले आईसोलेसन भवन वरपर स्प्रे गरेको छ ।
कोरोना संक्रमित विरामीहरुलाई अन्य रोगहरुले झन समस्यामा नपारोस भनेर भवनको चारैतिर स्प्रे गरिएको जनाईएको छ । त्यसका साथै नगरपालिकाले आईसोलेसन भवन अगाडी एउटा एम्बुलेन्स पनि राख्ने भएको छ ।
पद्मा अस्पतालले सञ्चालनमा ल्याएको आईसोलेसन कक्षमा १० जना संक्रमितहरु रहेका छन । सुदूरपश्चिम प्रदेश सरकारको सहकार्यमा अस्पतालले सञ्चालनमा ल्याएको कोरोना वार्डमा १० जना संक्रमितहरु रहेको अस्पतालका प्रबन्ध निर्देशक डा.नर बहादुर मौनीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया