काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कृषिमन्त्री पद्मा अर्यालले कोरोनाका कारण अवस्था प्रतिकूल रहेकाले मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना कार्यक्रम स्थगित गरेको बताइन् । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ ।
यसअघि जेठ २५ गतेदेखि असार ७ गतेसम्म जनगणना कार्यक्रम सञ्चालन गर्ने तय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया