अमेरिकामा कोरोना संक्रमित घटेसँगै जनजीवन सामान्य : खुल्न थाले क्यासिनो र वेश्यालय

लोकपथ
140
Shares

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्यतर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन् । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ ।

यसै सप्ताहन्तबाट नाभादाले कडाई खुकुलो गर्दै लगेको छ । गर्भनर स्टिभ सिसोलकले १ जुनसम्म सबै व्यापार पूर्ण रुपमा खुला हुने अपेक्षा गरेका छन् । एक वर्षभन्दा लामो समयपछि पहिलोपटक वैध यौन कामदारहरु कार्यालय फर्कन थालेका छन् । तापक्रम जाँच्ने र मास्क लगाउनेजस्ता स्वास्थ मापदण्ड पूरा गरेर उनीहरुले काम गरिरहेका छन् ।

आफुलाई उपनामबाट चिनाउन चाहने किकी लभर कार्सन शहरको पूर्वपट्टी सेगब्रस रान्चमा काम गर्छिन्, उनले यस साता आफ्नोमा आउने ग्राहकलाई छुट दिने बताएकी छिन् । ‘म काममा फर्कनका लागि निकै उत्साहित छु र मानिसहरु पनि उत्साहित भएर आउनेछन् भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

आफ्ना ग्राहकलाई गोप्य कोठामा लैजाँदाको समयबाहेक अन्य सबै अवस्थामा अनिवार्य रुपमा यौनकर्मीहरुले मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।

अमेरिकामा महामारी उच्चमा छदाँ १२ डिसेम्बरमा नेभादामा एकैदिन ३७ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । अहिले दैनिक नयाँ संक्रमितको संख्या घटेर ५ सयभन्दा पनि कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?