खुकुरी प्रहार गरि फरार अभियुक्त पक्राउ

लोकपथ
392
Shares

काठमाडौं । तनहुँमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-७ पाथ्रा बस्ने ३१ वर्षीय घैटे भन्ने रोशन गुरुङलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ फागुन २० गते राती सोही नगरपालिका-७ पाथ्रा बस्ने २२ वर्षीय किशोर कुमार श्रेष्ठलाई सामान्य विवादमा ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट पक्राउ गरेको हो ।

गुरुङ उपर ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?