श्रीलङ्कामा हवाई यात्रामा कडाई, विमानमा ७५ यात्रु मात्र उड्न पाउने

लोकपथ
91
Shares

काठमाडौं । श्रीलंकाले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमवार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ ।

श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा विमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ ।

दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याँकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।

यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतवार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ ।

यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?