बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवारको तुलनामा प्रतितोला छापावाला सुनको मूल्य तोलामा ४ सयले वृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९० हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ९ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आइतवारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ९५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सयमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?