हत्या गरेको अभियोगमा ३ जना पक्राउ, लाईट देखाएको निहुमा भएको थियो झगडा

लोकपथ
1.4k
Shares

काठमाडौं । गुल्मीमा हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । ईश्मा गाउँपालिका-२ घर भई सोही गाउँपालिका-१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका संचालक २३ वर्षीय मोती बहादुर कुँवरको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका-१ बस्ने २० वर्षीय शुसिल कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरहरु रहेका छन् । २०७७ भदौ २२ गते बिहान मोती बहादुरलाई उनकै होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा उनकै दाइ यम बहादुर कुँवरले फेला पारी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मोति बहादुरको मृत्यु भएको थियो ।

उक्त घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

सुक्ष्म अनुसन्धानको क्रममा २०७७ भदौ २१ गते राति मोती बहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते राति तिजको मेला हेर्न राहाले जाने क्रममा मोती बहादुरले बाटोमा बसेका युवायुवतीलाई लाईट देखाएको विषयमा उनीहरुबिच झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?