काठमाडौंमै थपिए २७ सय ४४ संक्रमित, विज्ञ भन्छन्- भारतकै अवस्था आउन सक्छ !

लोकपथ
448
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ सय ४४ संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १ सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् । हालसम्म नेपालमा ८४ दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । त्यस्तै हाल ४८ हजार ७ सय ११ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै भारतकै जस्तो अवस्था नेपालमा आउन सक्ने विज्ञहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?