शेयर बजारमा हरियाली

काठमाडौं । साताको पहिलो दिन आज आइतवार शेयर बजारमा हरियाली छाएको छ ।

आइतवार शेयर बजार ५४ अंकले वृद्धि भएर २,६६५.१० मा पुगेर रोकिएको छ ।

आइतवार ७ अर्व ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर किनबेच भएको छ । अ

आइतवार सबैभन्दा बढी अन्य उपसमूह ४.६३ प्रतिशशत,जीवन बीमा उसमूह ३.७४ प्रतिशत,निर्जीवन बीमा उपसमूह ३.४७ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको ३.३८ प्रमतिशतले कारोबार वृद्धि भएको छ । यस दिन २ सय २६ कम्पनीको ८३ हजार ४०४ पटक कारोबार भएको छ ।

त्यस्तै, यस दिन ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन महिला लघुवित्त, विशाल बजार कम्पनी तथा सिंगटी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?