मास्क लगाउनै जान्दैनन् अधिकांश मानिस, अप्ठेरो बन्दैछ परिस्थिती

लोकपथ
140
Shares

काठमाडौं । कोरोनाको दोस्रो लहरले देशलाई नै आक्रान्त बनाइरहेको छ । २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम उच्च भएसँगै काठमाडौं उपत्यका लगायत २६ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

फाइल फोटो

कोरोनाबाट जोगिने एउटा महत्वपूर्ण उपाय हो, मास्कको सही प्रयोग । कोहिको चिउँडोमा त कोहीले नाडीमा मास्क लगाउने गरेका छन् । कोहीले मुख मात्रै छोप्ने गरेका छन् । तर अधिकांश नेपालीले मास्क प्रयोग गर्नै नजानेको विज्ञहरूले बताएका छन् ।

कोरोना महामारीबीचको एक तस्वीर

मास्क लगाउन नजानेकै कारण परिस्थिती अप्ठेरो बन्दै गएको विज्ञहरूको ठम्ब्याइ छ । स्वास्थ्य विज्ञहरूका अनुसार जथाभावी मास्क लगाउनु र नलगाउनु उस्तै हुन्छ । मास्कको सही प्रयोग र सही छनोट महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ ।

मास्कको सही प्रयोग कसरी गर्ने ?

-मास्क लगाउनूभन्दा अगाडी मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

-मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न

-मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने

– नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने

-सकभर मास्कलाई हातले नछुने

-डोरी मात्र समाई मास्क फुकाल्ने

-कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने

-मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

-प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने

-प्रयोग गरेको मास्क खल्तीमा नराख्ने, घरभित्र नलैजाने

-एउटाको मास्क अर्कोले प्रयोग नगर्ने

-आफ्नो साइजको मास्क मात्र प्रयोग गर्ने

-एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?