२०७८,बैशाख,२९,बुधबार

६ महिना अन्तरिक्षमा बसेर चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण


काठमाडौं । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतवार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो ।

नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतवार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे ६ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।

सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,बैशाख,१९,आईतवार १४:३८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निषेधाज्ञाको समयमा नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न किसिमका आकर्षक डाटा सुविधाहरु ल्याएको छ । प्रयोगका आधारमा लामो र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपको माध्यमबाट बैंक खाता खोलेका छन् । आइतवार (आज) प्रधानमन्त्री ओलीले नेपाल

काठमाडौं । मोबाइल आजभोलि अत्यावश्यक बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल हुन्छ । कार्यलयका काम होस या

काठमाडौं । सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्र्ने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५