काठमाडौं । यो प्रसंग भारतको यूपीको हो । भारतका अस्पतालहरुमा अक्सिजनको अभाव भएको हामीले समाचारमा सुन्ने गरेका छौं ।
तर यसैबीच यूपीको बहराइचको एक जिल्ला अस्पतालमा अक्सिजनको अभावका कारण छट्पटाइ रहेकी बिरामी आमालाई उनकी छोरीले मुखबाट अक्सिजन दिँदैछिन् ।

यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । कोभिड-१९को दोस्रो चरणसँगै भारतमा अक्सिजनको अभाव भइरहेको छ ।
भारतमा कोरानो भाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले आइतवार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोना भाइरसको संक्रमण भएको हो ।
हेर्नुहोस् तस्वीर :




तस्वीर :आजतक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया