राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै नेकपा एमाले केन्द्रको राजनीति समेत तरंगित बनेको छ । लुम्बिनी प्रदेशका विषयमा समेत आजको भेटघाटमा गरिने स्रोतले जनाएको छ ।

यता लुम्बिनी प्रदेशका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । केहिबेरमा हुने बैठकमा पनि लुम्बिनी प्रदेशका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?