काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा-३ स्थित महेन्द्र चोक क्षेत्र सिल गरेको छ ।
एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अवस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको जिल्ला प्रकरी कार्यालय सुन्सरीका प्रहरी उपरीक्षक एसपी कमल थापाले लोकपथलाई जानकारी दिए ।
कोरोना संक्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु मृत्यु भएको थियो । गएको बुधवार आमाको मृत्यु भएकोमा शनिवार बिहान छोराको पनि मृत्यु भएको थियो ।
एकै परिवारका सदस्य संक्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचोक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च संक्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको एसपी थापाले जानकारी दिए ।
परिवारका अन्य पाँच सदस्यहरू समेत संक्रमित देखिएकाले अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया