प्रधानमन्त्री ओलीले पहिलोपटक नागरिक एपबाट खोले बैंक खाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपको माध्यमबाट बैंक खाता खोलेका छन् ।

आइतवार (आज) प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेडको क्यूआर कोड स्क्यान गरी खाता खोलेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा भएको कार्यक्रममा भर्चुअल माध्यमबाट उपस्थिती जनाएका प्रधानमन्त्री ओलीले क्यूआर कोड स्क्यान गरी खाता खोलेका हुन् ।

सरकारले नेपाललाई डिजिटल बनाउने अभियानमा लैजाने उदेश्यसहित उक्त एपको उद्घाटन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?