सुनचाँदी बजार : कति छ आजको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रवारको तुलनामा आइतवार (आज) छापावाला सुनको मूल्य तोलामा १ सयले वृद्धि भएको छ । शुक्रवार प्रतितोला सुनको मूल्य ८९ हजार ९ सय रहेकोमा आज मूल्य वृद्धि भई ९० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ ।

शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्यमा स्थिरता छाएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ९५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेका महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?